टेस्ट क्रिकेटबाट रोहित शर्मा लिए सन्न्यास

टेस्ट क्रिकेटबाट रोहित शर्मा लिए सन्न्यास
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २४, बुधबार २१:४९
टेस्ट क्रिकेटबाट रोहित शर्मा लिए सन्न्यास

काठमाडौं : भारतीय पूर्व कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्।

उनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट टेस्ट क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका हुन्।

‘मैले मेरो देशलाई सेतो जर्सी लगाएर प्रतिनिधित्व गर्ने अवसर पाएँ। यो मेरो लागि गर्वको विषय थियो। यस अवधिमा मलाई साथ र हौसला दिने सम्पूर्ण शुभेच्छुकप्रति आभार प्रकट गर्न चाहन्छु,’ उनले भनेका छन्।

उनले टेस्टबाट सन्न्यास लिए पनि एक दिवसीय क्रिकेट भने खेल्ने बताएका छन्। उनले टी-२० फर्म्याटबाट यसअघि नै सन्न्यास लिइसकेका छन्। गत जुनमा टी-२० विश्वकपको उपाधि जितेसँगै उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए।

प्रकाशित मिति: २०८२ बैशाख २४, बुधबार २१:४९

तपाईको प्रतिक्रिया !