महोत्तरीका सिडिओ कवाडीलाई गृह मन्त्रालय तानिए

महोत्तरीका सिडिओ कवाडीलाई गृह मन्त्रालय तानिए
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २१, आईतवार २३:३५
महोत्तरीका सिडिओ कवाडीलाई गृह मन्त्रालय तानिए

जलेश्वर : महोत्तरीका प्रमुख जिल्ला अधिकारी(सिडिओ) लालबाबु कवारीलाई गृह मन्त्रालय तानिएका छन्।

मन्त्रालयले सहसचिव नारायण रिसाललाई महोत्तरीमा पठाएको छ। कवारी यसअघि सिराहामा कार्यरत रहँदा पनि विवादमा परेका थिए।

ADVERTISEMENT

उनलाई गृहले गत १४ कात्तिकमा महोत्तरी सरुवा गरेको थियो।

सिडिओ सरुवासम्बन्धी कार्यविधिविपरीत उनलाई गृह जिल्लामा सरुवा गरिएको थियो। धेरै गुनासो आएपछि उनलाई हटाइएको गृह मन्त्रालय स्रोत बताउँछ।

प्रकाशित मिति: २०८२ बैशाख २१, आईतवार २३:३५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !