विद्यार्थी जनमत संघले जनकपुरमा विद्यार्थी भेला गर्दै

विद्यार्थी जनमत संघले जनकपुरमा विद्यार्थी भेला गर्दै
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २१, आईतवार २२:००
विद्यार्थी जनमत संघले जनकपुरमा विद्यार्थी भेला गर्दै

जनकपुरधाम : जनमत पार्टीका भातृसंगठन विद्यार्थी जनमत संघले जनकपुरमा विद्यार्थी भेला गर्न लागेको छ ।

आइतबार विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादवको अध्यक्षतामा जनकपुरधाममा बसेको बैठकबाट विद्यार्थी भेला गर्ने निर्णय गरेका हुन् ।

विद्यार्थी जनमत संघका नेता शशिकान्त मण्डलका अनुसार यहीँ बैशाख २४ गते मधेश प्रदेशका राजधानीसमेत रहेका सिताको नगरी जनकपुरधाममा विद्यार्थी भेला गर्ने तयारी भैरहेको बताए ।

विद्यार्थी नेता मण्डलले एक वर्षमा कम्तीमा एक पटक विद्यार्थी भेला गरि विद्यार्थीहरुको समस्याहरु सुन्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, “विद्यार्थीको हकहितको लागि विद्यार्थी जनमत संघको स्थापना भएको हो।त्यसकारण हामीहरुले विद्यार्थीहरुको समस्याका समाधानको बाटो खोज्ने तिर लागेका छौँ ।”

उक्त बैठकमा जनमत पार्टी धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र मण्डलको विशेष उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ बैशाख २१, आईतवार २२:००

तपाईको प्रतिक्रिया !