ड्यूज बलले मात्रै क्रिकेट खेल्न खेलाडीलाई मुख्यमन्त्री सिंहको आग्रह

ड्यूज बलले मात्रै क्रिकेट खेल्न खेलाडीलाई मुख्यमन्त्री सिंहको आग्रह
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २, मंगलवार २१:५६
ड्यूज बलले मात्रै क्रिकेट खेल्न खेलाडीलाई मुख्यमन्त्री सिंहको आग्रह

राजविराज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले टेनिस बलमा नखेल्न क्रिकेट खेलाडीहरुसँग आग्रह गरेका छन् ।

मधेश प्रिमियर लिग (एमपिएल) तेस्रो संस्करणको मंगलबार राजविराजमा उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् ।

एमपिएल खेलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंह । तस्वीर : मधेशपत्र

‘यसले राम्रा–राम्रा खेलाडीले आफ्नो खेल बिगारिरहेका छन्’ उनले भने, ‘ड्यूज बलले खेलौं । ड्युज बलमै अभ्यास गरौं ।’

धेरै युवा लागूऔषधमा लागेको बताउँदै उनले खेलकुदमा लागेर आफ्नो स्वास्थ्य राम्रो बनाउन आग्रह गरे । ‘लागूऔषध प्रयोग समाज र देशका लागि अहित छ’ उनले भने,‘लागूऔषधमा जीवन बर्बाद नगरी पढाईसँगै खेल खेल्नुपर्छ ।’

खेल, पढाई जे प्रतिभा छ त्यसलाई प्रष्टफुटित गर्दै समाजमा रहेका विकृति हटाएर समुन्नत समाजको निर्माण गर्न उनले युवाहरुसँग अपील गरे ।

एमपिएल प्रालिका अध्यक्ष संजीबनारायण यादवको अध्यक्षतामा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको थियो । प्रतियोगिताको अध्यक्ष यादवले बलिङ्ग र मुख्यमन्त्री सिंहले व्याटिङ्ग गर्दै उद्घाटन गरेका थिए ।

प्रकाशित मिति: २०८२ बैशाख २, मंगलवार २१:५६

तपाईको प्रतिक्रिया !