सहिद सुर्यनाथ रान अस्पताल संचालनको माग गर्दै डुमरियामा प्रदर्शन

सहिद सुर्यनाथ रान अस्पताल संचालनको माग गर्दै डुमरियामा प्रदर्शन
मधेशपत्र मधेशपत्र २०८१ माघ १२, शनिबार २०:५२
सहिद सुर्यनाथ रान अस्पताल संचालनको माग गर्दै डुमरियामा प्रदर्शन

जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिका- ८ डुमरियास्थित रहेको सहिद सूर्यनाथ रान जिल्ला अस्पताल संचालनको माग गर्दै विद्यार्थी जनमत संघका कार्यकर्ताहरु स्वास्थ्यमन्त्री विरुद्ध प्रदर्शन गरेका छन् ।

शनिबार निर्माण गरिएको अस्पताल अगाडी नै जनमतका नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । जनमत निकटजनमत विद्यार्थी संघका कार्यकर्ताहरुले शहीद सूर्यनाथ राण स्मृति अस्पताल संचालन हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

मधेश प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधन सिंह कोइरी, प्रधानमन्त्री केपी शर्मा ओली र केन्द्रीय स्वास्थ्य मन्त्री प्रदीप पौडेलको राजिनामा माग गर्दै पुतला दहन गर्दै अस्पताल सँचालनको माग गरेको हो ।

कार्यक्रममा जनमत पार्टी केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डल, ,जिल्ला इन्चार्ज सुरेन्द्र मण्डल, केन्द्रिय सदस्य अशोक साविर, प्रदेश सदस्य रामपुकार यादवलगायत पार्टीका नेताकार्यकर्ताहरुले नाराबाजी गरेका थिए ।

प्रकाशित मिति: २०८१ माघ १२, शनिबार २०:५२

तपाईको प्रतिक्रिया !