मोरङमा देउवा पक्षीय कांग्रेसको जिल्ला अधिवेशन सुरु, गगन थापामाथि नेताहरूको आरोप

मोरङमा देउवा पक्षीय कांग्रेसको जिल्ला अधिवेशन सुरु, गगन थापामाथि नेताहरूको आरोप
मधेशपत्र मधेशपत्र २०८३ मंसिर २, बुधबार १०:५९
मोरङमा देउवा पक्षीय कांग्रेसको जिल्ला अधिवेशन सुरु, गगन थापामाथि नेताहरूको आरोप

विराटनगर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीमा जुटेको देउवा पक्षले मोरङमा जिल्ला अधिवेशन सुरु गरेको छ । मंगलबारदेखि विराटनगरमा सुरु भएको अधिवेशनमा पार्टीका केन्द्रीय नेताहरूको सहभागिता रहेको छ ।

नियमित महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा सम्बोधन गर्दै कोइरालाले पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताबारे टिप्पणी गरेनन् । उनले कोइराला निवासमा बिताएको बाल्यकालको स्मरण गर्दै राजनीति सधैँ सोझो बाटोमा नहिँड्ने बताए । निरन्तर प्रयास र संघर्षबाट मात्रै सफलतामा पुग्न सकिने उनको भनाइ थियो ।

ADVERTISEMENT

यता, अधिवेशनमा सहभागी देउवा पक्षीय अन्य नेताहरूले भने गगन थापासहितका नेताहरूमाथि कांग्रेसलाई प्रायोजित रूपमा अपहरण गरेको आरोप लगाएका छन् ।

उद्घाटन सत्रमा सम्बोधन गर्ने अधिकांश केन्द्रीय नेताहरूले पार्टीभित्रको पछिल्लो विवादलाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए । सो क्रममा नेताहरू प्रकाशशरण महत, मोहन बस्नेत र कृष्णप्रसाद सिटौलालगायतले आफ्नो धारणा राखेका थिए ।

कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै पार्टीभित्रका विभिन्न समूहले आ–आफ्नो गतिविधि तीव्र बनाइरहेका बेला मोरङको जिल्ला अधिवेशनलाई राजनीतिक रूपमा चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति: २०८३ मंसिर २, बुधबार १०:५९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !