धनुषाको औरहीमा सांसद रामविनोद यादवको पहलमा सयौँ नेताकार्यकर्ता रास्वपामा प्रवेश

धनुषाको औरहीमा सांसद रामविनोद यादवको पहलमा सयौँ नेताकार्यकर्ता रास्वपामा प्रवेश
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक २५, बुधबार २२:१६
धनुषाको औरहीमा सांसद रामविनोद यादवको पहलमा सयौँ नेताकार्यकर्ता रास्वपामा प्रवेश

जनकपुरधाम : धनुषाको औरही गाउँपालिकामा विभिन्न राजनीतिक दल परित्याग गरी सयौं भन्दा बढी नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

नेकपा एमालेका जिल्ला सदस्य सुरेन्द्रकुमार मण्डल, एमाले वडा नं. ६ का सभापति रामआशिष सहनी तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका नगर उपाध्यक्ष एवं निर्वाचित वडा नं. ५ का अध्यक्ष सरोजकुमार मण्डलसहित दुवै वडाका निर्वाचित वडा सदस्यसहित सयौं भन्दा बढी महिला पुरुषले सामूहिक रूपमा रास्वपाको सदस्यता ग्रहण गरेका हुन्।

ADVERTISEMENT

रास्वपाका धनुषा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामविनोद यादवको प्रमुख आतिथ्य तथा रास्वपाकी केन्द्रिय सदस्य जुली यादवको विशिष्ट आतिथ्यमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता वडा नं. ६ का रास्वपा सभापति अनिल सहनीले गरेका थिए।

कार्यक्रममा रास्वपाका धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादवसहित जिल्लास्तरीय नेता तथा कार्यकर्ता र औरही गाउँपालिकाका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विभिन्न राजनीतिक दलबाट आएका नवप्रवेशीहरूलाई रास्वपाका नेताहरूले पार्टीमा स्वागत गरेका थिए। ठूलो संख्यामा भएको सामूहिक पार्टी प्रवेशलाई स्थानीय तहमा रास्वपाको संगठन विस्तार र राजनीतिक प्रभाव बढाउने घटनाका रूपमा हेरिएको छ।

नवप्रवेशीहरूको सहभागितामा आयोजित कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक २५, बुधबार २२:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !