पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ

पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ मंसिर ४, शुक्रबार १०:०९
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ

काठमाडौं : मलेसिया रोजगारीमा श्रमिक पठाउने प्रक्रियासँग जोडिएको करिब दुई अर्ब रुपैयाँको आर्थिक अनियमितता प्रकरणमा नेपाल सरकारका पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार बिहान अर्याललाई नियन्त्रणमा लिएको हो।

यसअघि यही प्रकरणमा संलग्न रहेको आरोपमा दुई पूर्व श्रममन्त्रीसहित छ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

ADVERTISEMENT

सीआईबीले अर्याललाई कुन स्थानबाट र कति बजे पक्राउ गरिएको हो भन्नेबारे औपचारिक विवरण सार्वजनिक गरेको छैन। उनलाई पक्राउबारे थप जानकारीसहित चाँडै सार्वजनिक गर्ने प्रहरीको तयारी छ।

प्रकाशित मिति: २०८३ मंसिर ४, शुक्रबार १०:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !