राप्तीमा घडियाल गोहीको गणना सुरु

राप्तीमा घडियाल गोहीको गणना सुरु
मधेशपत्र मधेशपत्र २०८१ माघ ७, सोमबार ०९:२६
राप्तीमा घडियाल गोहीको गणना सुरु

नेपालगञ्जः बाँकेको राप्ती नदीमा छाडिएका घडियाल गोहीको गणना सुरु भएको छ ।

जिल्लाको कुसुम क्षेत्रबाट गोहीको गणना सुरु भएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दिप पंगेनीले जानकारी दिए । दुई सातासम्म हुने गणनाका लागि निकुञ्जका केही कर्मचारीसहित दुई जना ‘सामुदायिक वैज्ञानिक’ परिचालन भएको पङ्गेनीले बताए ।

राप्ती नदीको कुसुम, अगैया र शिवखोलासम्मको क्षेत्रमा घडियाल गोहीको बासस्थान भएको अनुमान छ । ती सबै क्षेत्रमा रहेका घडियाल गोहीको गणना हुने छ । गतवर्ष राप्ती नदीमा चितवनबाट ल्याइएका १४ वटा घडियाल गोही छाडिएका थियो ।

प्रकाशित मिति: २०८१ माघ ७, सोमबार ०९:२६

तपाईको प्रतिक्रिया !