जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले दिए राजीनामा

जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले दिए राजीनामा
राधेश्याम राउत राधेश्याम राउत २०८३ श्रावण ११, सोमबार २१:२७
जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले दिए राजीनामा

जनकपुरधाम : जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले पदबाट राजीनामा दिएका छन्।

यादवले जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी.के. राउतलाई सम्बोधन गर्दै आजैदेखि लागू हुने गरी राष्ट्रिय सचिव पदबाट राजीनामा दिएको पत्रमार्फत जानकारी गराएका हुन्।

ADVERTISEMENT

राजीनामा पत्रमा पछिल्लो समय पार्टीभित्र उत्पन्न विभिन्न राजनीतिक, संगठनात्मक तथा कार्यशैलीसम्बन्धी परिस्थितिका कारण आफ्नो पदमा रहेर प्रभावकारी रूपमा काम गर्न कठिनाइ भएको उल्लेख गरिएको छ। साथै, पार्टीभित्रको आन्तरिक लोकतन्त्र, पारदर्शिता, समान व्यवहार तथा संगठनात्मक मर्यादाका विषयमा गम्भीर असहजता उत्पन्न भएको यादवले बताएका छन्।

उनले व्यक्तिगत आत्मसम्मान, राजनीतिक मूल्य–मान्यता र विवेकलाई ध्यानमा राख्दै राजीनामा दिने निर्णय गरेको उल्लेख गरेका छन्। यद्यपि, जनमत पार्टी तथा पार्टीका नेता–कार्यकर्तासँगको आफ्नो सम्बन्ध यथावत् रहने र आगामी दिनमा लोकतन्त्र, जनअधिकार, सुशासन, सामाजिक न्याय र जनताको हितका पक्षमा आफ्नो राजनीतिक तथा सामाजिक भूमिका निरन्तर निर्वाह गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्।

यादवले आफ्नो राजीनामा स्वीकृत गरी राष्ट्रिय सचिव पदको जिम्मेवारीबाट मुक्त गरिदिन पार्टी नेतृत्वसमक्ष अनुरोध गरेका छन्।

प्रकाशित मिति: २०८३ श्रावण ११, सोमबार २१:२७
राधेश्याम राउत

राधेश्याम राउत

लेखक


तपाईको प्रतिक्रिया !