बेलायती राजदूत रब फेनले जानकी मन्दिरमा पुगेर एनिभर्सरी यसरी मनाए

बेलायती राजदूत रब फेनले जानकी मन्दिरमा पुगेर एनिभर्सरी यसरी मनाए
मधेशपत्र मधेशपत्र २०८१ पुष १३, शनिबार १६:०९
बेलायती राजदूत रब फेनले जानकी मन्दिरमा पुगेर एनिभर्सरी यसरी मनाए

काठमाडौँ : नेपालस्थित बेलायती राजदूत रब फेनले जनकपुर जानकीमन्दिर पुगेर आफ्नो २२ औं वैवाहिक वर्षगाँठ (म्यारिज एनिभर्सरी) मनाएका छन्।

राजदूतले श्रीमती जुलिया फेनसँगै स्वयम्बर माला लगाएर एनिभर्सरी मनाएको नेपालस्थित बेलायती दूतावासले जनाएको छ।

मिथिला परम्परानुसारको मौर पाग लगाएका राजदूतले रातो साडी लगाएकी श्रीमती जुलियालाई सुनको औंठी लगाइदिएको त्यस अवसरमा दुलाहा र दुलहीलाई झैँ लगनगाँठो पनि कसिएको थियो।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, मधेशकी मन्त्री रानी शर्मा तिवारी, जनकपुरका मेयर मनोजकुमार साहले जानकी मन्दिर पुगेर जोडीलाई बधाई दिएका थिए।

प्रकाशित मिति: २०८१ पुष १३, शनिबार १६:०९

तपाईको प्रतिक्रिया !