भ्रष्टाचार गर्नेलाई आजीवन जेल हाल्नुपर्छ : मुख्यमन्त्री सिंह

भ्रष्टाचार गर्नेलाई आजीवन जेल हाल्नुपर्छ : मुख्यमन्त्री सिंह
मधेशपत्र मधेशपत्र २०८१ पुष १, सोमबार १९:२७
भ्रष्टाचार गर्नेलाई आजीवन जेल हाल्नुपर्छ : मुख्यमन्त्री सिंह

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार गर्नेलार्ई आजीवन कारावासको व्यवस्था गर्न सुझाव दिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार जनकपुरधाममा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै
मुख्यमन्त्री सिंहले यस्तो सुझाव दिएका हुन्।

ADVERTISEMENT

उनले भ्रष्टाचार गर्नेलाई ५ वर्षदेखि १० वर्षसम्मको सजायलाई बढाएर आजीवन कारावासको व्यवस्था गर्नुपर्ने बताए।

उनले भ्रष्टाचार नियन्त्रणका लागि अहिलेको कानून पर्याप्त नरहेको उल्लेख गर्दै राजनीतिक क्षेत्र तथा कर्मचारी सेवामा प्रवेश गरेको केही वर्षमा नै जीवनशैलीमा धेरै परिवर्तन आउनु र विलासी जीवनशैली जिउन पाउँदा भ्रष्टाचारले प्रश्रय पाइरहेको बताए। त्यस्ता व्यक्तिमाथि कडा कारबाही गर्न पनि उनले सुझाव दिए।

मुख्यमन्त्री सिंहले कर्मचारीको थोरै तलब भएकाले पनि जीवन धान्नका लागि भ्रष्टाचार गर्ने गरेको सबैमा जानकारी रहेको बताउँदै कर्मचारीको जीवनयापन गर्ने किसिमले तलक वृद्धि गरेर भ्रष्टार गर्नेमाथि कडा सजायको व्यवस्था भए भ्रष्टाचारमा स्वतः कमी आउने दावी पनि गरे।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले बेनामी उजुरीको विरोध गर्नेले मुलुकमा सुशासन नचाहेको बताउँदै बेनामी उजुरु नपरेको खण्डमा मुलुकमा थप भ्रष्टाचार बढ्ने दावी गरे।

प्रकाशित मिति: २०८१ पुष १, सोमबार १९:२७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !