धाँती बजारमा भएको फुटबल प्रतियोगिता: फाइनल खेलमा इटहरी विजयी

धाँती बजारमा भएको फुटबल प्रतियोगिता: फाइनल खेलमा इटहरी विजयी
मधेशपत्र मधेशपत्र २०८१ मंसिर १, शनिबार ०९:५७
धाँती बजारमा भएको फुटबल प्रतियोगिता: फाइनल खेलमा इटहरी विजयी

राजबिराज : सप्तरीको सुरुङ्गा नगरपालिका-८ धाँती बजारमा बुधबारबाट माँ मुसहनियाँ युवा क्लबको आयोजनामा भएको फुटबल प्रतियोगितामा शान्ति युथ क्लब ईटहरी विजयी भएको हो ।

शुक्रबार भएको फाइनल खेलमा शान्ति युथ क्लब ईटहरीले गोलबजार फुटबल क्लबलाई २-१ ले हराउँदै जित हासिल गरेको हो ।

विजेता टिम इटहरीले प्रथम पुरस्कार रू. ५५ हजार ५ सय ५५ रूपैयाँ, मेडल संयुक्तरूपमा सुरूङ्गा नगरपालिका नगरप्रमुख गिता चाैधरी र स्थानीय समाजसेवी छेदी साहले प्रदान गर्नुभयो । भने उपविजेता टिम गोलबजारलाई द्वितीय पुरस्कार संयुक्तरूपमा नगरपालिकाका पूर्व नगरप्रमुख मुक्तिनाथ चौधरी र समाजसेवी विजय साहले रु.३५ हजार ५ सय ५५ रूपैयाँ मेडल र प्रमाणपत्र वितरण गरेको हो ।

नगरप्रमुख गिता चौधरीको प्रमुख आतिथ्यता तथा खेल संचालक समितिको अध्यक्ष आनन्द चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ । नगरपालिकाको आर्थिक सहयोग नकआउटको नियमको आधारमा भएको फुटबल प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो।

कार्यक्रममा अतिथिको रुपमा सुरुङ्गा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार पासवान , वडा नम्बर-८ का वडा अध्यक्ष श्याम प्रसाद साह, वडा नम्बर-१० का चन्द्र नारायण यादव, नगरप्रवक्ता शिवदर्शन पासवान, सशस्त्र प्रहरी बल कुसहाको सशस्त्र प्रहरी निरीक्षक गोबिन्द पौडेल,धाँतीका प्रहरी सहायक निरीक्षक सर्फलाल यादव लगायतको उपस्थिति रहेको थियो ।

फाइनल खेलमा कार्यक्रममा स्वागत मन्तव्य वडा नम्बर-८ का वडा अध्यक्ष श्याम प्रसाद साहले दिएको थियो । भने कार्यक्रमको संचालन सबल नेपालका शिक्षा अधिकृत राधेश्याम रामले गरेको थियो ।

प्रतियोगिताको लागि प्रथम पुरस्कार पटेरबा निवासी ॐ साई साईराम कन्ट्रक्सन सातदोबाटो, ललितपुरका संचालक विजय साहले ५५ हजार ५ सय ५५ रुपैयाँ र द्वितीय पुरस्कार मलहनमा निवासी भौतिक योजना तथा निर्माण मन्त्रालयका कोशी प्रदेशका सचिव अशोक साहले ३५ हजार ५ सय ५५ रुपैयाँ सौजन्य गरेको खेल संचालक समितिको अध्यक्ष आनन्द चौधरीले जानकारी दिनुभयो । प्रतियोगिता २१ कात्तिकबाट सुरू भई कार्तिक ३० मा सम्पन्न भएको हो ।

प्रकाशित मिति: २०८१ मंसिर १, शनिबार ०९:५७

तपाईको प्रतिक्रिया !