नेपाल प्रहरीद्वारा फुलवडियामा निःशुल्क स्वास्थ्य शिविर

नेपाल प्रहरीद्वारा फुलवडियामा निःशुल्क स्वास्थ्य शिविर
लोकेन्द्रप्रसाद यादव लोकेन्द्रप्रसाद यादव २०८१ आश्विन १९, शनिबार २३:०४
नेपाल प्रहरीद्वारा फुलवडियामा निःशुल्क स्वास्थ्य शिविर

राजविराज : नेपाल प्रहरीले सप्तरीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मधेस प्रदेश प्रहरी (ठाको देवी, जोगेन्द भगत) अस्पताल रूपनी शाखाको आयोजनामा खडक नगरपालिका-१० फुलवडियामा शनिबार स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

६९ औं प्रहरी दिवस २०८१ को उपलक्ष्यमा मधेस प्रदेश प्रहरी अस्पताल रूपनीको आयोजना र खडक नगरपालिकाको सहयोगमा सर्वसाधरणहरुलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर श्री ५ महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन गरिएको मधेस प्रदेश प्रहरी कार्यालय रूपनीले जनाएको छ ।

एकदिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा खडक नगरपालिकाका नगर प्रमुख जय प्रकाश चाैधरीको विशेष उपस्थितिमा सम्पन्न भएको हो । साथै, वडा नम्बर -१० का वडा अध्यक्ष राजेन्द्र प्रसाद चाैधरी र प्रहरीहरुको उपस्थिति रहेको थियो ।

शिविरमा नाक, कान, घाटी, हाड जोर्नी, नसा, दन्त, स्त्रीरोग, रक्तचाप र मधुमेहलगायतका रोगको चेकजाँचका साथै नि.शुल्करुपमा औषधि विरतण गरिएको थियो । त्यस्तै शिविरमा ४ सय ७५ जनाको स्वास्थ्य परीक्षण गरी औषधि पनि वितरण गरिएको थियो ।

मधेस प्रदेश प्रहरी अस्पताल रूपनीका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. नारायण प्रसाद अधिकारीको कमाण्डमा खटिएको चिकित्सक टोलिले सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्नुका साथै स्वास्थ्य परामर्श सेवा पनि प्रदान गरिएको थियो । सो टोलिमा डा. आदर्श कुमार सिंह , डा. उमेश चन्द्र झा, डा. कृष्ण लुइटेल, डा.अर्जुन दास, डा.सोनम ठाकुर, डा. राैशन कुमार मिश्र सहितका विशेषज्ञ टोलीले बिरामीलाई चेकजाँच गरेका थियो ।

प्रकाशित मिति: २०८१ आश्विन १९, शनिबार २३:०४

तपाईको प्रतिक्रिया !