एमालेकाे संसदीय दलको बैठक जारी

एमालेकाे संसदीय दलको बैठक जारी
मधेशपत्र मधेशपत्र २०८२ चैत्र १८, बुधबार १४:०६
एमालेकाे संसदीय दलको बैठक जारी

काठमाडौँ : पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सडक संघर्षमा उत्रिएकाे नेकपा एमालेकाे संसदीय दलको बैठक शुरु भएको छ।

पार्टी मुख्यालय च्यासलमा भर्खरै बैठक शुरु भएको हो । राष्ट्रिय सभाका सांसदहरुसहित सहभागी बैठकले प्रतिनिधि सभा पार्टी संसदीय दलका नेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेले जनाएको छ । त्यसैगरी बैठकमा संसदमा पार्टीले खेल्ने भूमिकाको विषयमा पनि छलफल हुनेछ । संघीय संसद बैठक बिहीबार दिउँसाे २ बजेका लागि आह्वान गरिएको छ ।

ADVERTISEMENT

एमालेले सोही बैठकको अघिल्लो दिन पार्टी संसदीय दलको नेता चयन गर्न लागेको हो । अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले चुनाव हारेपछि वरिष्ठ नेताको हैसियतमा पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादल दलका नेता बन्ने करिब टुंगो लागेको छ । एमाले निर्वाचन २५ सिट जितेको थियो । एमालेले पार्टी अध्यक्ष ओलीको पक्राउविरुद्ध राजनीतिक र कानूनी रुपमा नै प्रतिवाद गर्ने घोषणा गरिसकेको छ ।

त्यसका लागि सडक र सदन दुवैलाई तताउने एजेण्डा सोही बैठकले गर्ने एमालेका एक नेताले बताएका हुन् ।

प्रकाशित मिति: २०८२ चैत्र १८, बुधबार १४:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !