प्रदेश वन निर्देशनालय हाँक्दै लालबाबु यादव

प्रदेश वन निर्देशनालय हाँक्दै लालबाबु यादव
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ३, बुधबार १३:२६
प्रदेश वन निर्देशनालय हाँक्दै लालबाबु यादव

जनकपुरधाम : मधेस प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको प्रदेश वन निर्देशनालयले वन क्षेत्रको संरक्षणसँगै कार्यालय व्यवस्थापन र कार्यसम्पादनलाई प्रभावकारी बनाउने अभियान अघि बढाएको छ।

निर्देशनालयका निमित्त निर्देशक लालबाबु यादवले जिम्मेवारी सम्हालेपछि वन क्षेत्रमा अनुगमन तथा निगरानीलाई थप प्रभावकारी बनाउँदै संस्थागत व्यवस्थापनमा समेत विशेष जोड दिएका छन्।

ADVERTISEMENT

निमित्त निर्देशक यादवले प्रदेशका आठवटै डिभिजन वन कार्यालय र चारवटा भू–तथा जलाधार व्यवस्थापन कार्यालयको प्रशासनिक तथा प्राविधिक कार्यलाई थप व्यवस्थित, जवाफदेही र परिणाममुखी बनाउने प्रयास थालेका छन्। कार्यालयहरूको नियमित अनुगमन, कर्मचारीको कार्यसम्पादन मूल्यांकन, जिम्मेवारीको प्रभावकारी बाँडफाँट तथा सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ।

त्यस्तै, निर्देशनालयअन्तर्गतका कार्यालयबीच प्रभावकारी समन्वय कायम गर्दै योजना कार्यान्वयन, वन संरक्षण, अवैध वन पैदावार नियन्त्रण र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड दिइएको छ।

यादवले निर्देशनालयको आन्तरिक व्यवस्थापन सुधारसँगै मातहतका कार्यालयको कामकारबाहीलाई नियमित निगरानीमा राख्ने र देखिएका समस्या तत्काल समाधान गर्ने नीति अघि सारेका छन्। वन क्षेत्रको संरक्षणसँगै संस्थागत क्षमता अभिवृद्धि र कार्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ३, बुधबार १३:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !