खोलिए कोशी ब्यारेजका ३४ ढोका

खोलिए कोशी ब्यारेजका ३४ ढोका
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १६, सोमबार २१:५०
खोलिए कोशी ब्यारेजका ३४ ढोका

सुनसरी : सप्तकोशी नदीमा जलसतह बढ्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार आज दिउँसो ४:०० बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख ५६ हजार १० क्युसेक पुग्दा ३४ ढोका खोलिएका छन् ।

ADVERTISEMENT

दिउँसो ३:०० बजे दुई लाख ४९ हजार १०५ प्रतिसेकेन्ड पानीको प्रवाह मापन गर्दा ३२ ढोका खोलिएका थिए ।

आइतबार बेलुका १०:०० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख २६ हजार ५६० क्युसेक पुग्दा ३१ ढोका खोलिएका थिए ।

प्रवक्ता खतिवडाका अनुसार कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३४ ढोका खोलिएका छन् । कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ ।

सोहीअनुसार अहिले रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको हो ।

प्रकाशित मिति: २०८२ भाद्र १६, सोमबार २१:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !