रञ्जिताले बोलाएको बैठकमा रेशम पक्षधर सहभागी नहुने

रञ्जिताले बोलाएको बैठकमा रेशम पक्षधर सहभागी नहुने
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १५, आईतवार १३:५०
रञ्जिताले बोलाएको बैठकमा रेशम पक्षधर सहभागी नहुने

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको बैठकमा संरक्षक रेशम पक्षधर सहभागी नहुने भएका छन् ।

रञ्जिताले केन्द्रीय समितिको बैठक दिउँसो १ बजे बस्नेछ गरी बाेलाएकी छन् । बैठकमा छलफलका एजेन्डामा केन्द्रीय समिति सदस्यहरूको नाम निर्वाचन आयोगमा अद्यावधिक, विधान संशोधन, समसामयिक, विविध लगायत रहेको एक केन्द्रीय सदस्य जानकारी दिए ।

ADVERTISEMENT

रेशम पक्षले अध्यक्ष रञ्जितालाई पदमुक्त गरे पनि निर्वाचन आयोगले उनी नै कायम रहने निर्णय गरेको थियो । रेशम पक्षले रञ्जितालाई हटाएर लालवीर चौधरीलाई अध्यक्ष बनाएपछि दुई पक्षको विवाद थप बढेको थियो ।

प्रकाशित मिति: २०८२ भाद्र १५, आईतवार १३:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !