धनुषामा खैरो हेरोइन जस्तो देखिने पदार्थसहित युवक पक्राउ

धनुषामा खैरो हेरोइन जस्तो देखिने पदार्थसहित युवक पक्राउ
राघव मण्डल राघव मण्डल २०८३ श्रावण २९, शुक्रबार १७:४२
धनुषामा खैरो हेरोइन जस्तो देखिने पदार्थसहित युवक पक्राउ

जनकपुरधाम: धनुषामा लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा विदेह नगरपालिका–८ का प्रदीप मण्डलका २८ वर्षीय छोरा उमेश मण्डल रहेका छन्।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार दिउँसो करिब १२ बजे विशेष सूचनाका आधारमा औरही गाउँपालिका–५ स्थित डिप बोरिङभित्र शंकास्पद अवस्थामा बसिरहेका मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी सहायक हवल्दारको कमान्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार डब्बासहित उक्त पदार्थको तौल ६५.४४० ग्राम रहेको थियो। डब्बा हटाएर तौल गर्दा ३९.३६० ग्राम पदार्थ रहेको पाइएको प्रहरीले जनाएको छ।

यस्तै, लागूऔषध नापतौल गर्न प्रयोग गरिएको डिजिटल तराजुसमेत प्रहरीले बरामद गरेको छ।

पक्राउ परेका मण्डललाई बरामद पदार्थसहित जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएर थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार बरामद पदार्थको परीक्षणपछि मात्रै उक्त पदार्थ लागूऔषध नै भएको औपचारिक रूपमा पुष्टि हुनेछ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रकाशित मिति: २०८३ श्रावण २९, शुक्रबार १७:४२
राघव मण्डल

राघव मण्डल

लेखक

उहाँ मधेशपत्रको डेस्क संयोजक हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया !