जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ३०, शनिबार १०:४०
जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

काठमाडौं : सरकारले जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ।

अर्थ मन्त्रालयले शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३’ जारी गर्दै शहीद परिवार र घाइतेलाई लक्षित गरी यस्तो कर्जाको व्यवस्था गरेको हो।

ADVERTISEMENT

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (४) ले दिएको अधिकार प्रयोग गर्दै कार्यविधि संशोधन गरिएको मन्त्रालयले जनाएको छ।

संशोधित कार्यविधिमा जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका लागि ‘स्वरोजगार उद्यम कर्जा’ पद्धति थप गरिएको छ। यसअन्तर्गत उनीहरूले स्वरोजगारमूलक उद्यम सञ्चालन गर्न अधिकतम ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा लिन सक्नेछन्।

कर्जा प्राप्त गर्न जेन–जी आन्दोलनमा शहीद परिवार वा घाइते भएको प्रमाण नेपाल सरकार वा प्रचलित कानुनबमोजिम तोकिएको सम्बन्धित निकायबाट प्रमाणित भएको हुनुपर्नेछ।

कार्यविधिले ‘जेन–जी आन्दोलनका शहीद परिवार’ भन्नाले आन्दोलनमा शहीद भएका व्यक्तिका पति, पत्नी, छोरा, छोरी, बाबु वा आमालाई परिभाषित गरेको छ।

प्रकाशित मिति: २०८३ श्रावण ३०, शनिबार १०:४०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !