धनुषामा विभिन्न मुद्दाका १२ फरार प्रतिवादी पक्राउ

धनुषामा विभिन्न मुद्दाका १२ फरार प्रतिवादी पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २९, शुक्रबार १७:५७
धनुषामा विभिन्न मुद्दाका १२ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम : धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकिएपछि फरार रहेका १२ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा खोजतलास गरी उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

पक्राउ पर्नेमा कुटपिट मुद्दाका १० जना र घरेलु हिंसा मुद्दाका दुई जना रहेका छन्।

प्रहरीका अनुसार कुटपिट मुद्दामा अदालतबाट जनही १ हजार ३ सय रुपैयाँ जरिवाना तोकिएका १० जना फरार थिए। यस्तै, घरेलु हिंसा मुद्दाका दुई जनालाई अदालतले जनही ३ हजार रुपैयाँ जरिवाना तोकेको थियो।

पक्राउ परेका १२ जनाबाट अदालतले तोकेको कुल २२ हजार रुपैयाँ जरिवाना असुल हुने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार अदालतबाट फैसला भइसकेपछि पनि फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउलाई प्रहरीले प्राथमिकताका साथ अघि बढाएको छ।

पक्राउ परेका सबैलाई अदालतमा बुझाएर फैसला कार्यान्वयनको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले सार्वजनिक गरेको विवरणमा पक्राउ परेका प्रतिवादीहरूको नाम भने खुलाइएको छैन।

प्रकाशित मिति: २०८३ श्रावण २९, शुक्रबार १७:५७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !