शिक्षाको व्यापारीकरणले पढेलेखेका लेवर मात्र उत्पादन हुन्छ : महासचिव सिंह

शिक्षाको व्यापारीकरणले पढेलेखेका लेवर मात्र उत्पादन हुन्छ : महासचिव सिंह
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १३, शुक्रबार ०५:५५
शिक्षाको व्यापारीकरणले पढेलेखेका लेवर मात्र उत्पादन हुन्छ : महासचिव सिंह

जनकपुरधाम : जनमत पार्टीका महासचिव तथा पूर्वमन्त्री चन्दन सिंहले शिक्षाको व्यापारीकरणले नेपाली समाजलाई अशिक्षित बनाइरहेको आरोप लगाएका छन्।

उनका अनुसार अहिले व्यापारीहरूले शिक्षा क्षेत्रमा लगानी गरेर ‘व्यापार’ गर्ने प्रवृत्ति बढेको छ। “शिक्षा मानव निर्माणको माध्यम हो तर आजभोलि व्यापारीहरूले यसलाई नाफा कमाउने धन्दा बनाएका छन्,” सिंहले भने, “यस्तो अवस्थामा विद्यार्थीलाई पूर्ण शिक्षाभन्दा पनि केवल रोजगारीका लागि सीमित काम गर्न सक्ने मात्र दक्षता दिइन्छ।”

ADVERTISEMENT

सिंहले प्रश्न गरे, “सही शिक्षा कहाँ हरायो ? अहिले विद्यार्थीलाई जीवनका मुल्य–मान्यताबारे भन्दा पनि ‘कोर्स’ पुर्याउने र पास गराउने काम मात्र भइरहेको छ।” उनका अनुसार यस्तो शिक्षा प्रणालीले ‘बुद्धिजीवी’ भन्दा पनि ‘पढेलेखेका लेवर’ मात्र उत्पादन गर्छ।

महासचिव सिंहले शिक्षालाई व्यावसायिक बनाउने नाममा गरिने अस्वस्थ प्रतिस्पर्धा, महँगा शुल्क र नाफामुखी संस्थानहरूले समाजमा असमानता बढाइरहेको बताए। “गाउँका गरिब छोराछोरीलाई गुणस्तरीय शिक्षा पहुँचबाहिर छोडेर धनी मात्र पढाउने यो प्रवृत्तिले समाजलाई थप विभाजनतर्फ धकेल्छ,” उनले भने।

उनले राज्यलाई शिक्षा क्षेत्रमा कडा नियमन गर्ने र सार्वजनिक शिक्षालाई प्राथमिकता दिने माग गरे। “सार्वजनिक विद्यालयलाई सबल बनाउन सके मात्रै समान शिक्षा सुनिश्चित हुन्छ, नत्र व्यापारीकरणले समाज नै अशिक्षिततिर लैजान्छ,” सिंहले चेतावनी दिए।

प्रकाशित मिति: २०८२ भाद्र १३, शुक्रबार ०५:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !