सप्तरीको राजगढ–५ का वडाध्यक्ष साहको निधन

सप्तरीको राजगढ–५ का वडाध्यक्ष साहको निधन
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ४, बुधबार १३:०६
सप्तरीको राजगढ–५ का वडाध्यक्ष साहको निधन

राजबिराज : सप्तरीको राजगढ गाउँपालिका–५ का वडाध्यक्ष देवेन्द्र साह ‘दुखीलाल’को निधन भएको छ ।

करिब तीन वर्षदेखि क्यान्सर रोगसँग जुधिरहेका साहको उपचार भरतपुरस्थित क्यान्सर अस्पतालमा भइरहेको थियो । गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले मंगलबार साहको निधन भएको जानकारी दिनुभयो ।

ADVERTISEMENT

६५ वर्षीय साह लामो समयदेखि केमोथेरापी उपचारमा रहे पनि स्वास्थ्य सुधार नहुँदा निधन भएको परिवारले जनाएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वडाध्यक्षमा निर्वाचित साहका दुई छोरा र तीन छोरी रहेका छन् ।

प्रकाशित मिति: २०८२ भाद्र ४, बुधबार १३:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !