देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा, दार्चुलामा सबैभन्दा बढी

देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा, दार्चुलामा सबैभन्दा बढी
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ४, बुधबार ०७:३७
देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा, दार्चुलामा सबैभन्दा बढी

काठमाडौं: गएराति देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो तीन घण्टामा दार्चुलामा ५५.२ मिलिमिटर वर्षा रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार झापा, मोरङ, उदयपुर, अछाम, जुम्ला, डोटी र बाजुरामा वर्षा भएको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

ADVERTISEMENT

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर भए पनि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम निरन्तर जारी छ।

प्रकाशित मिति: २०८२ भाद्र ४, बुधबार ०७:३७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !