राष्ट्रपति पौडेलद्वारा गाईतिहारमा गाईको पूजा

राष्ट्रपति पौडेलद्वारा गाईतिहारमा गाईको पूजा
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक २३, सोमबार १०:२९
राष्ट्रपति पौडेलद्वारा गाईतिहारमा गाईको पूजा

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले गाईतिहारका अवसरमा गाईको पूजा गर्नुभएको छ।

राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा बिहीबार बिहान कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन गाईको विधिपूर्वक पूजा गर्नुभएको हो। उहाँले गाईलाई देवी लक्ष्मीको प्रतीकका रूपमा पूजाआजा गर्दै खानेकुरासमेत खुवाउनुभयो।

ADVERTISEMENT

तिहारको अवसरमा गाईलाई समृद्धि, सुख र सौभाग्यको प्रतीकका रूपमा पूजा तथा सम्मान गर्ने धार्मिक एवं सांस्कृतिक परम्परा रहिआएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक २३, सोमबार १०:२९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !