सार्वजनिक बिदामा पनि आरटीजीएस सेवा सञ्चालन गर्ने राष्ट्र बैंकको निर्णय

सार्वजनिक बिदामा पनि आरटीजीएस सेवा सञ्चालन गर्ने राष्ट्र बैंकको निर्णय
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक २८, शनिबार १२:४४
सार्वजनिक बिदामा पनि आरटीजीएस सेवा सञ्चालन गर्ने राष्ट्र बैंकको निर्णय

काठमाडौं : नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ।

केन्द्रीय बैंकले सूचना जारी गर्दै आगामी कात्तिक ३० गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालनमा रहने जनाएको हो।

ADVERTISEMENT

सरकारले छठ पर्वको अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि भुक्तानी प्रणालीलाई निरन्तरता दिन राष्ट्र बैंकले आरटीजीएस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो।

सार्वजनिक बिदाका दिनसमेत आरटीजीएस सेवा उपलब्ध हुने भएपछि बैंक तथा वित्तीय संस्थामार्फत हुने ठूलो रकमको भुक्तानी तथा कारोबारमा सहजता हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक २८, शनिबार १२:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !