रास्वपाको क्यान्डिडेट क्लबमा ६ सदस्य मनोनीत

रास्वपाको क्यान्डिडेट क्लबमा ६ सदस्य मनोनीत
मधेशपत्र मधेशपत्र २०८३ मंसिर ११, शुक्रबार २१:०४

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को क्यान्डिडेट क्लब समितिमा ६ जना सदस्य मनोनीत भएका छन्।

समितिका संयोजकको सिफारिसमा डा. नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव र पारसमणि गेलाल मनोनीत भएका हुन्। कविन्द्र बुर्लाकोटी समितिका संयोजक रहेका छन् भने उनकै सिफारिसमा अन्य पाँच जना सदस्य चयन गरिएको हो।

ADVERTISEMENT

क्यान्डिडेट क्लब समितिको आज बसेको बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

बैठकमा उम्मेदवारका आकांक्षी तथा आवेदकबाट आवश्यक विवरण र कागजात संकलन गर्ने विधि तथा प्रक्रिया निर्धारण गर्ने विषयमा समेत विचारविमर्श गरिएको छ।

त्यसैगरी, विभिन्न क्षेत्रका योग्य तथा सक्षम व्यक्तिहरूलाई पार्टीको उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराउन ल्याटेरल इन्ट्रीसम्बन्धी आवेदन फारम तयार गर्ने विषयमा छलफल भएको छ। साथै, उम्मेदवार छनोट प्रक्रियालाई निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन दाबी–विरोधसम्बन्धी फारम र प्रक्रिया तयार गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ।

प्रकाशित मिति: २०८३ मंसिर ११, शुक्रबार २१:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !