मलेसिया कामदार प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

मलेसिया कामदार प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ मंसिर १०, बिहीबार १३:१०
मलेसिया कामदार प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

काठमाडौं : पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। मलेसियामा नेपाली कामदार पठाउने क्रममा अवैध रूपमा रकम संकलन गरी उक्त रकम मलेसिया पठाएको आरोपमा उनलाई पक्राउ गरिएको हो।

गृह मन्त्रालय स्रोतले अर्याल पक्राउ परेको पुष्टि गरेको छ। मन्त्रालय स्रोतका अनुसार पक्राउसम्बन्धी थप विवरण पछि सार्वजनिक गरिनेछ।

यद्यपि, उनलाई कहाँबाट पक्राउ गरिएको हो भन्नेबारे खुलाइएको छैन।

ADVERTISEMENT

यसअघि यही प्रकरणमा तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन्।

उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ। उक्त प्रकरणमा पूर्वमुख्यसचिव अर्यालको पक्राउसँगै अनुसन्धान थप अघि बढ्ने देखिएको छ।

प्रकाशित मिति: २०८३ मंसिर १०, बिहीबार १३:१०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !