वीरगञ्जमा २२ लाख बराबरका सामान बरामद

वीरगञ्जमा २२ लाख बराबरका सामान बरामद
मधेशपत्र मधेशपत्र २०८३ मंसिर ९, बुधबार १०:५३

वीरगन्ज : प्रहरीले २२ लाख दुई हजार ७०० बराबरका मालसामानसहित तीनवटा गाडी नियन्त्रणमा लिएको छ ।

वीरगन्ज महानगरपालिका-१० रानीघाटस्थित भारतबाट भन्सार छली चोरीपैठारी गरी भित्र्याइएका चार लाख २३ हजार ५०० बराबरका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले राससलाई जानकारी दिए ।

ADVERTISEMENT

तीन वटा गाडीमाअ भन्सार छली ल्याउँदै गरेको १७ लाख ७९ हजार २०० बराबरका कपडालगायत सामान नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका गाडी र सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित मिति: २०८३ मंसिर ९, बुधबार १०:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !