चितवनमा कौडा खेलिरहेका १८ जना पक्राउ, ३ लाख ५८ हजार रुपैयाँ बरामद

चितवनमा कौडा खेलिरहेका १८ जना पक्राउ, ३ लाख ५८ हजार रुपैयाँ बरामद
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक २५, बुधबार १०:५६
चितवनमा कौडा खेलिरहेका १८ जना पक्राउ, ३ लाख ५८ हजार रुपैयाँ बरामद

चितवन : चितवनका विभिन्न स्थानबाट कौडा खेलिरहेको अवस्थामा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ३ लाख ५८ हजार रुपैयाँ र ३२ थान कौडा बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति भरतपुर महानगरपालिका–२७ धरमपुरबाट कौडा खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई १६ थान कौडा र १ लाख ३३ हजार रुपैयाँसहित पक्राउ गरेको जनाएको छ।

ADVERTISEMENT

त्यस्तै, पूर्वी चितवनको रत्ननगर नगरपालिका–१२ रामलाल चोकबाट कौडा खेलिरहेका ११ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई १६ थान कौडा र २ लाख २५ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका सबैमाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक २५, बुधबार १०:५६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !