स्थानीय तह निर्वाचनको तयारीमा रास्वपा, उम्मेदवार छनोटका लागि ७ उपसमिति गठन

स्थानीय तह निर्वाचनको तयारीमा रास्वपा, उम्मेदवार छनोटका लागि ७ उपसमिति गठन
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १५, आईतवार १०:४६
स्थानीय तह निर्वाचनको तयारीमा रास्वपा, उम्मेदवार छनोटका लागि ७ उपसमिति गठन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ। यसका लागि पार्टीले सातवटा छुट्टाछुट्टै उपसमिति गठन गर्नुका साथै महानगरपालिका र उपमहानगरपालिकाका वडामा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूका लागि आवेदन खुला गरेको छ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा बसेको स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

ADVERTISEMENT

पार्टी प्रवक्ता जगदिश खरेलले जारी गरेको विज्ञप्तिअनुसार उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन विभिन्न सात उपसमिति गठन गरिएको छ।

गठित उपसमितिहरूमध्ये क्यान्डिडेट क्लबको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी र समावेशिता तथा महिला सहभागिता उपसमितिको संयोजकमा डा. तोसिमा कार्कीलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, क्षमता विकास समन्वय उपसमितिको संयोजकमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बूलाई चयन गरिएको छ।

बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा रास्वपाबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन खुला गर्ने निर्णयसमेत गरेको छ।

यस निर्णयसँगै रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि वडा तहबाटै उम्मेदवार छनोटको तयारीलाई तीव्रता दिएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक १५, आईतवार १०:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !