महानगर र उपमहानगरका वडाध्यक्ष तथा सदस्यमा उम्मेदवारी दिन रास्वपाले खुलायो आवेदन

महानगर र उपमहानगरका वडाध्यक्ष तथा सदस्यमा उम्मेदवारी दिन रास्वपाले खुलायो आवेदन
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १५, आईतवार १०:००
महानगर र उपमहानगरका वडाध्यक्ष तथा सदस्यमा उम्मेदवारी दिन रास्वपाले खुलायो आवेदन

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाउँदै आवेदन खुला गरेको छ।

पार्टीले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको हो।

ADVERTISEMENT

निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिको बैठकले विभिन्न उपसमिति गठन गर्दै उम्मेदवारी आवेदन खुला गर्ने निर्णय गरेको हो।

पार्टीका महामन्त्री एवं समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा काठमाडौँस्थित वनस्थलीमा रहेको केन्द्रीय कार्यालयमा बसेको बैठकले उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन विभिन्न जिम्मेवारीसमेत बाँडफाँट गरेको छ।

बैठकले क्यान्डिडेट क्लबको जिम्मेवारी कविन्द्र बुर्लाकोटी, प्रविधिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा. तोसिमा कार्की र क्षमता विकास समन्वयमा टासी ल्हाजोमलाई दिएको छ।

त्यस्तै, व्यवस्थापनको जिम्मेवारी रहबर अन्सारी तथा प्रचारप्रसारको जिम्मेवारी मिलन लिम्बूलाई तोकिएको छ।

रास्वपाले उपसमिति गठन र आवेदन प्रक्रिया अघि बढाएसँगै आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको तयारीलाई तीव्रता दिएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक १५, आईतवार १०:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !