पावरप्लेमै सुदूरपश्चिम धराशायी

पावरप्लेमै सुदूरपश्चिम धराशायी
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १०, सोमबार १८:०३
पावरप्लेमै सुदूरपश्चिम धराशायी

काठमाडौं : नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिडिरहेका छन्। पावरप्ले (६ ओभर) सकिँदा सुदूरपश्चिमले ४ विकेट गुमाएर ३८ रन बनाएको छ।

सुदूरपश्चिमका ओपनर विनोद भण्डारी ९ रन, आरिफ शेख ०, ब्रान्डन म्याकमुलेन २ रन र सैफ जैव १३ रनमा आउट भए।

ADVERTISEMENT

लुम्बिनीका किशोर महतोले २ र शेर मल्लले १ विकेट लिए। लुम्बिनीका श्याडलीले पनि १ विकेट लिए।

लुम्बिनीले टस जितेर पहिले फिल्डिङ रोजेपछि सुदूरपश्चिम ब्याटिङमा आएको हो। लुम्बिनी साविक विजेता र सुदूरपश्चिम उपविजेता हुन्।

लुम्बिनी रोहित पौडेलको कप्तानीमा छ भने सुदूरपश्चिम दिपेन्द्र सिंह ऐरीको कप्तानीमा छ।

प्रकाशित मिति: २०८३ कार्तिक १०, सोमबार १८:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !