काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम स्थिर

काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम स्थिर
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ४, मंगलवार १३:२५
काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम स्थिर

काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ।

आज मंगलबार बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.० डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले नेपालखबरलाई जानकारी दिए। हिजो सोमबार पनि यस बेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यही थियो।

ADVERTISEMENT

यद्यपि यो सुरुवाती मापन हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे देखिन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम प्रारम्भिक मापनमा भन्दा केही घट्ने सम्भावना हुन्छ। कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।

सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.० डिग्री सेल्सियस नै कायम भएको थियो। अधिकतम तापक्रम भने २५.८ डिग्री सेल्सियस थियोे।

मौसम महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ। न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

सोमबार यस्तो थियो तापक्रम विवरण

यसैबिच आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना नदेखिएको मौसमविद् ढकालले बताए।

‘आज काठमाडौँ उपत्यकाको आकाशमा बादल पनि थोरै नै लाग्ने देखिएको छ’, उनले नेपालखबरसँग भने, ‘आज मौसम घमाइलै हुन्छ।’

देशभरको मौसम अपडेट भने मौसम महाशाखाले अहिले बिहान ८:४५ बजे दिनेछ।

प्रकाशित मिति: २०८३ कार्तिक ४, मंगलवार १३:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !