जनकपुरधाम–१८ मा रास्वपामा दर्जनौँ युवा प्रवेश

जनकपुरधाम–१८ मा रास्वपामा दर्जनौँ युवा प्रवेश
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक २, आईतवार ११:२१
जनकपुरधाम–१८ मा रास्वपामा दर्जनौँ युवा प्रवेश

जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१८ मा विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौँ युवा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

धनुषा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य राम बिनोद यादवको प्रमुख आतिथ्यमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्व वडा अध्यक्ष राम शंकर पासवान र जनता समाजवादी पार्टी (जसपा) नेपालका वडा सभापति रामु साहको नेतृत्वमा युवाहरू रास्वपामा प्रवेश गरेका हुन्।नवप्रवेशीहरुलाई प्रतिनिधि सभा सदस्य यादवले फुलमाला र टीका लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

ADVERTISEMENT

जनकपुरधाम–१८ का रास्वपा सभापति सुशील साहको अगुवाइमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलमा आबद्ध रहेका युवाहरूले आफ्नो पुरानो पार्टी परित्याग गरी रास्वपामा आबद्धता जनाएका थिए।

नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै रास्वपाका नेताहरूले उनीहरूको प्रवेशले वडा नम्बर १८ मा पार्टीको संगठन विस्तार र सुदृढीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। युवाहरूको सहभागिताले स्थानीयस्तरमा पार्टीको गतिविधि थप प्रभावकारी बनाउन मद्दत पुग्ने उनीहरूको भनाइ थियो।

पछिल्लो पार्टी प्रवेशलाई जनकपुरधाम–१८ मा रास्वपाको संगठन विस्तारका रूपमा हेरिएको छ। विभिन्न राजनीतिक दलमा आबद्ध युवाहरू पार्टीमा प्रवेश गरेसँगै स्थानीय राजनीतिमा रास्वपाको सक्रियता र उपस्थिति थप बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक २, आईतवार ११:२१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !