मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १, शनिबार १४:३१
मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ : निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ। गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन्।

उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए।

ADVERTISEMENT

आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन्। यो गत चैत २२ देखि भदौ १५ गतेसम्मको विवरण हो।

आयोगले मृत्यु भएका ४५ हजार ३२२ जनाका साथै दोहोरो नाम भएका, नागरिकता त्यागेका वा रद्द भएकासहित एक लाख ५८ हजार २६४ जनाको नाम हटाएको शुक्रबार विज्ञप्ति निकालेर बताएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक १, शनिबार १४:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !