हेटौँडाको ट्राफिक अस्तव्यस्तता : प्रहरीलाई दोष दिएर उम्किन मिल्छ स्थानीय सरकार ?

हेटौँडाको ट्राफिक अस्तव्यस्तता : प्रहरीलाई दोष दिएर उम्किन मिल्छ स्थानीय सरकार ?
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १, शनिबार ११:०७
हेटौँडाको ट्राफिक अस्तव्यस्तता : प्रहरीलाई दोष दिएर उम्किन मिल्छ स्थानीय सरकार ?

हेटौँडा : मकवानपुरको सदरमुकाम हेटौँडा राजधानी काठमाडौँलाई तराईसँग जोड्ने महत्त्वपूर्ण यातायात केन्द्र हो। चितवन, वीरगञ्ज र काठमाडौँतर्फ आवतजावत गर्ने सवारीसाधनको चाप बढ्दै जाँदा सहरका मुख्य चोकमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।

तर, सवारीसाधनको चापअनुसार सडक व्यवस्थापन, ट्राफिक पूर्वाधार र सहरी यातायात प्रणालीमा सुधार हुन नसक्दा बुद्धचोक, सीमाचोक र बाइपास क्षेत्र अस्तव्यस्त बन्ने गरेका छन्। यसले हेटौँडाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी कसको हो भन्ने प्रश्नलाई फेरि बहसमा ल्याएको छ।

ADVERTISEMENT

ट्राफिक व्यवस्थापनको जिम्मा प्रहरीको मात्र हो वा स्थानीय सरकार पनि उत्तिकै जिम्मेवार हुनुपर्छ भन्ने प्रश्नमा स्थानीयवासीले हेटौँडा उपमहानगरपालिकाको भूमिकामाथि प्रश्न उठाएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले ट्राफिक व्यवस्थापनका लागि प्रहरीले सक्दो प्रयास गरिरहेको भए पनि नगरपालिकाबाट आवश्यक सहयोग नपाएको गुनासो गरेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक रमेश विष्टले अटो तथा मयुरीको अव्यवस्थित सञ्चालनलाई हेटौँडाको ट्राफिक व्यवस्थापनमा देखिएको प्रमुख चुनौतीमध्ये एकका रूपमा औँल्याएका छन्।

प्रहरी अधिकारीहरूका अनुसार सडकमा प्रहरी परिचालन गरेर मात्रै ट्राफिक समस्या समाधान हुन सक्दैन। त्यसका लागि सडक संरचनामा सुधार, ट्राफिक बत्तीको व्यवस्था, पार्किङस्थलको व्यवस्थापन, सवारीसाधन सञ्चालनका स्पष्ट मापदण्ड र प्रभावकारी अनुगमन आवश्यक हुन्छ। यी काममा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण रहने उनीहरूको भनाइ छ।

प्रहरी र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुन नसके त्यसको प्रत्यक्ष असर सर्वसाधारणले भोग्नुपर्ने अवस्था रहन्छ।

बुद्धचोकको ट्राफिक बत्ती हटाइयो, व्यवस्थापनको विकल्प खोइ ?

हेटौँडाको बुद्धचोकमा पहिले रहेको ट्राफिक बत्ती हटाइएको विषयले पनि सहरी यातायात व्यवस्थापनप्रतिको प्राथमिकतामाथि प्रश्न उठाएको छ। चारैतर्फबाट सवारीसाधन आवतजावत गर्ने महत्त्वपूर्ण चोकमा ट्राफिक बत्ती आवश्यक छ वा छैन भन्ने निर्णय सडकको अवस्था र सवारी चापको अध्ययनका आधारमा हुनुपर्ने स्थानीय सरोकारवालाको भनाइ छ।

यदि ट्राफिक बत्ती आवश्यक छ भने त्यसलाई पुनः सञ्चालनमा ल्याउनुपर्ने माग उठेको छ। चोकको सौन्दर्य र पहिचान निर्माणसँगै सवारी आवागमन सहज बनाउने विषयलाई पनि समान महत्त्व दिनुपर्ने उनीहरूको तर्क छ।

हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले सहरको विकास तथा व्यवस्थापनबारे विभिन्न प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। तर, विकास भनेको भौतिक संरचना निर्माण गर्नु मात्रै नभई नागरिकले दैनिक भोगिरहेका

प्रकाशित मिति: २०८३ कार्तिक १, शनिबार ११:०७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !