टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव गोरखामा फेला

टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव गोरखामा फेला
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १६, मंगलवार १२:५५
टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव गोरखामा फेला

काठमाडौं : रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको छ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव त्रिशूली नदीको गोरखातर्फ पर्ने तटीय क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार त्रिशूली नदीको किनारमा शर्माको शव फेला परेको हो।

शर्मा हुम्लाको ताजाकोट गाउँपालिका–२ निवासी हुन्। आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमपछि उनको शव परिवारले बुझेको प्रहरीले जनाएको छ।

यसैबीच, गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा हालसम्म ६५ जनाको शव फेला परिसकेको छ।

प्रकाशित मिति: २०८३ भाद्र १६, मंगलवार १२:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !