सप्तरीमा तीन वर्षीया बालिका घरपछाडिको झाडीमा मृत फेला

सप्तरीमा तीन वर्षीया बालिका घरपछाडिको झाडीमा मृत फेला
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ७, आईतवार १२:५९
सप्तरीमा तीन वर्षीया बालिका घरपछाडिको झाडीमा मृत फेला

सप्तरी : सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया बालिका घरपछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी छन्।

स्थानीय इरफानकी तीन वर्षीया छोरी सानिया खातुन आइतबार बिहान घरपछाडिबाट मृत अवस्थामा फेला परेकी हुन्। परिवारका अनुसार बिहान करिब ९ बजेसम्म सानिया घरमै थिइन्।

ADVERTISEMENT

त्यसपछि बालिका घरमा नभेटिएपछि परिवारले खोजी सुरु गरेको थियो। खोजीका क्रममा घरदेखि करिब ६० मिटर पछाडि रहेको झाडीमा उनको शव फेला परेको हो।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काका अनुसार घटनाबारे आवश्यक अनुसन्धान तथा छानबिन अघि बढाइएको छ।

बालिकाको मृत्युको कारण भने खुल्न सकेको छैन। मृत्युको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको एसपी खड्काले जानकारी दिए।

घटनापछि घटनास्थलमा स्थानीयवासीको बाक्लो भीड लागेको छ।

प्रकाशित मिति: २०८३ भाद्र ७, आईतवार १२:५९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !