कर्णालीमा नेकपाले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

कर्णालीमा नेकपाले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ७, बिहीबार १२:१२
कर्णालीमा नेकपाले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत : ७ साउन , नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

नेकपा कर्णाली प्रदेश सभा संसदीय दलको बिहीबार बिहान बसेको बैठकले अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । नेकपा र नपोली काँग्रेसका १६ जना सांसदहरूले यस अघि नै प्रदेश सभामा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव गर्दा गराई सकेको छ।

ADVERTISEMENT

आफ्नो पूर्ववत् सहमति अनुसार नै कँडेलविरुद्धको अविश्वासको पक्षमा मतदान गर्ने दलले आधिकारिक निर्णय गरेको नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए । ‘यसअघि नै हामीले उहाँमाथि अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छौँ । अब निर्णय परिवर्तन गर्ने कुरा हुँदैन’, उनले भने ।

सङ्घमा नेकपा एमाले-नेकपाबीच प्रदेशमा सत्ता समीकरणका लागि छलफल चलिरहेको बताइएको छ । तर, नेकपा कर्णाली संसदीय दलले भने काठमाडौंका छलफललाई आधार नमानेको बताएको छ । ‘पार्टीले आधिकार निर्णय गर्‍यो भने हामी त्यो निर्णय मान्छौं । तर, छलफल चल्दैमा प्रदेशमा हाम्रो निर्णय फेरीदैन्’, प्रमुख सचेतक जिसीले अनलाइनखबरसँग भने, ‘छलफल त गगन थापासँग पनि भएको छ । अहिले पार्टीको स्प्रीट सर्वदलीय सरकारको हो ।’

कर्णालीमा कांग्रेस-नेकपा मिलेर गत बिहीबार मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति: २०८३ श्रावण ७, बिहीबार १२:१२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !