तपसी बाबा माविमा विद्यालय व्यवस्थापन समिति गठन, चार सदस्य सर्वसम्मत चयन

तपसी बाबा माविमा विद्यालय व्यवस्थापन समिति गठन, चार सदस्य सर्वसम्मत चयन
मधेशपत्र मधेशपत्र २०८३ असार ३१, बुधबार २१:३५
तपसी बाबा माविमा विद्यालय व्यवस्थापन समिति गठन, चार सदस्य सर्वसम्मत चयन

जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिका–६, टिल्हीस्थित श्री तपसी बाबा माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अन्तर्गत अभिभावक भेलाबाट चार जना सदस्य सर्वसम्मत रूपमा चयन भएका छन्।

विद्यालयले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार तेस्रो विद्यालय व्यवस्थापन समिति गठनका लागि आयोजित अभिभावक भेलाले सर्वसम्मत निर्णय गर्दै दुई पुरुष र दुई महिला सदस्य चयन गरेको हो।

ADVERTISEMENT

चयन हुने सदस्यहरूमा जीवन यादव र कपिल देव मण्डल पुरुष सदस्यका रूपमा रहेका छन्। त्यस्तै जंगली देवी मुखिया र निर्मला देवी सदा महिला सदस्यका रूपमा सर्वसम्मत चयन भएका छन्।

विद्यालयका प्रधानाध्यापक मदन कुमार महराद्वारा हस्ताक्षरित सूचनामा अभिभावक भेलाको निर्णयअनुसार विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको नामावली सार्वजनिक गरिएको उल्लेख छ।

विद्यालय प्रशासनले नवनिर्वाचित सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, सुशासन र समग्र विकासमा समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति: २०८३ असार ३१, बुधबार २१:३५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !