रसुवा बाढी : १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

रसुवा बाढी : १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १८, बिहीबार १२:३१
रसुवा बाढी : १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकामध्ये १ हजार २५२ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार मध्याह्न १२ बजे जारी गरेको विवरणअनुसार बाढीमा बेपत्ता भएकामध्ये हालसम्म १ हजार २५२ जनाको शव फेला परेको हो ।

ADVERTISEMENT

प्राधिकरणका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ जनाको शव फेला परेको छ ।

बाढीमा परी अझै ४ हजार २१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।

बाढी तथा पहिरोका घटनामा परी ५ हजार १३५ जना घाइते भएका छन् । उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: २०८३ भाद्र १८, बिहीबार १२:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !