धनुषामा १०७ किलोभन्दा बढी गाँजा बरामद

धनुषामा १०७ किलोभन्दा बढी गाँजा बरामद
राघव मण्डल राघव मण्डल २०८३ भाद्र १८, बिहीबार १५:१२
धनुषामा १०७ किलोभन्दा बढी गाँजा बरामद

जनकपुरधाम : धनुषामा प्रहरीले १०७ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ।

धनुषाको नगराइन नगरपालिका–५ स्थित खिरखिया जाने भित्री बाटोछेउको झाडीमा बेवारिसे अवस्थामा गाँजा रहेको सूचनाका आधारमा प्रहरीले बरामद गरेको हो।

ADVERTISEMENT

बिहीबार बिहान करिब २ः३० बजे इलाका प्रहरी कार्यालय लगमाजटहीबाट प्रहरी नायब निरीक्षक शैलेन्द्रकुमार मिश्रको कमान्डमा खटिएको टोलीले प्लास्टिकमा बेरिएको ९ पोका गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

बरामद गाँजा तौल गर्दा १०७ किलो ९९८ ग्राम रहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान तथा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार बरामद गाँजाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २०८३ भाद्र १८, बिहीबार १५:१२
राघव मण्डल

राघव मण्डल

लेखक

उहाँ मधेशपत्रको डेस्क संयोजक हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया !