बनेपामा भारतीय ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुवा घाइते

बनेपामा भारतीय ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुवा घाइते
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १, शनिबार १०:४०
बनेपामा भारतीय ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुवा घाइते

काठमाडौं : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैंटेपाटीमा भारतीय नम्बर प्लेटको ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु भएको छ भने उनका आमाबुवा घाइते भएका छन्।

प्रहरीका अनुसार आज बिहान काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेटले सोही दिशातर्फ गइरहेको बा.प्र.०२०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ADVERTISEMENT

दुर्घटनामा खोटाङको सन्धिखर्क गाउँपालिका–६ का चन्द्र बुढाथोकीका ९ वर्षीय छोरा जुवास गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

दुर्घटनामा बालकका आमाबुवा पनि घाइते भएका छन्। उनीहरूको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न ग्यास बुलेटका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक १, शनिबार १०:४०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !