कांग्रेस महाधिवेशन : साढे १२ बजेदेखि मनोनयन दर्ता सुरु

कांग्रेस महाधिवेशन : साढे १२ बजेदेखि मनोनयन दर्ता सुरु
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २०, मंगलवार ०७:३०
कांग्रेस महाधिवेशन : साढे १२ बजेदेखि मनोनयन दर्ता सुरु

काठमाडौँ : नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १२:३० बजेदेखि मनोनयन दर्ता सुरु हुने भएको छ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते प्रकाशित गरेको संशोधित कार्यतालिका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिउँसो १२:३० बजेदेखि बेलुकी ४:०० बजेसम्म तोकिएको छ।

ADVERTISEMENT

संशोधित निर्वाचन कार्यतालिका अनुसार आज बिहान ९:३० बजेसम्म मतदाता नामावली उपर दाबी विरोधको समय निर्धारण गरिएको छ भने ९:३० बजेदेखि १०:३० बजेसम्म दाबी विरोध उपर जाँचबुझ गरी बिहान ११:३० बजे मतदाताको अन्तिम नामावली प्रकाशित गरिने उल्लेख छ।

महाधिवेशनका अन्य कार्यक्रमहरू भने यथावत् रहने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलवार ०७:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !