भारतीय सेना प्रमुख सेठले प्रधानमन्त्री शाहसँग आज भेटवार्ता गर्दै

भारतीय सेना प्रमुख सेठले प्रधानमन्त्री शाहसँग आज भेटवार्ता गर्दै
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १२:१५
भारतीय सेना प्रमुख सेठले प्रधानमन्त्री शाहसँग आज भेटवार्ता गर्दै

काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख धिरज सेठले आज प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग भेटवार्ता गर्ने भएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सेठ र प्रधानमन्त्री शाहबीच आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता हुनेछ।

ADVERTISEMENT

भारतीय सेना प्रमुख सेठ आइतबार नेपाल आएका हुन्। नेपाल भ्रमणका क्रममा उनले सोमबार प्रधानसेनापति अशोकराज सिग्देलसँग दुईपक्षीय भेटवार्ता गरेका थिए।

सोही दिन राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

प्रधानमन्त्री शाहसँगको भेटपछि सेठ बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: २०८३ भाद्र २, मंगलवार १२:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !