कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाहाललाई जनकपुर विमानस्थलमा स्वागत

कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाहाललाई जनकपुर विमानस्थलमा स्वागत
राघव मण्डल राघव मण्डल २०८३ श्रावण ४, सोमबार १६:०७
कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाहाललाई जनकपुर विमानस्थलमा स्वागत

जनकपुरधाम : सिरहाको कल्याणपुर नगरपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) विश्वरूप दाहाललाई जनप्रतिनिधिहरूले जनकपुरधाम विमानस्थलमा स्वागत गरेका छन्।

स्वागतका क्रममा कल्याणपुर नगरपालिका-९ का वडा अध्यक्ष विनोदकुमार यादवले प्रमुख प्रशासकीय अधिकृत दाहाललाई खादा तथा पुष्पगुच्छा प्रदान गर्दै स्वागत गरेका थिए।

ADVERTISEMENT

यस अवसरमा वडा अध्यक्ष यादवले दाहालको कार्यकाल सफल रहोस् भन्दै शुभकामना व्यक्त गरे। उनले नगरपालिकामा सुशासन, पारदर्शिता र जनमुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै विकास निर्माणका कामलाई थप प्रभावकारी ढंगले अघि बढाउने विश्वास व्यक्त गरे।

उनले कर्मचारी र जनप्रतिनिधिबीच समन्वय र सहकार्य कायम रहे नगरपालिकाले विकास र समृद्धितर्फ उल्लेखनीय फड्को मार्ने बताए।

प्रमुख प्रशासकीय अधिकृत दाहालले अब कल्याणपुर नगरपालिकाको आर्थिक तथा प्रशासनिक जिम्मेवारी सम्हाल्नेछन्।

प्रकाशित मिति: २०८३ श्रावण ४, सोमबार १६:०७
राघव मण्डल

राघव मण्डल

लेखक

उहाँ मधेशपत्रको डेस्क संयोजक हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया !