१ हजार २५० मेट्रिक टन डीएपी मल आज नेपाल भित्रिँदै

१ हजार २५० मेट्रिक टन डीएपी मल आज नेपाल भित्रिँदै
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ४, सोमबार ०३:५०
१ हजार २५० मेट्रिक टन डीएपी मल आज नेपाल भित्रिँदै

काठमाडौं : किसानलाई आवश्यक पर्ने रासायनिक मलको आपूर्ति सहज बनाउन भारतबाट खरिद गरिएको १ हजार २५० मेट्रिक टन डीएपी (डाइ-अमोनियम फस्फेट) मल आज नेपाल आइपुग्ने भएको छ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार ग्लोबल टेन्डरमार्फत खरिद गरिएको ३० हजार मेट्रिक टन डीएपी मलमध्ये पहिलो खेप भारतको कोलकाता बन्दरगाहबाट साउन १ गते नेपालतर्फ ढुवानी सुरु गरिएको थियो। उक्त खेप आज वीरगन्ज नाकामार्फत नेपाल भित्रिने तयारी छ।

ADVERTISEMENT

कम्पनीका अनुसार बाँकी डीएपी मलको प्याकेजिङ (ब्यागिङ) कार्य कोलकाता बन्दरगाहमै भइरहेको छ। प्याकेजिङ सकिएसँगै अर्को एक रेक मल पनि आज वीरगन्जतर्फ पठाइएको छ भने बाँकी मल क्रमिक रूपमा नेपाल ल्याइनेछ।

यता ३० हजार मेट्रिक टन युरिया मल पनि कोलकाता बन्दरगाहमा आइपुगेको छ। हाल त्यसको अनलोडिङ र ब्यागिङको काम जारी रहेको कम्पनीले जनाएको छ। प्रक्रिया पूरा भएपछि युरियाको पहिलो खेप पनि वीरगन्जका लागि लोड गर्ने तयारी भइरहेको कम्पनीको भनाइ छ।

कृषि सामग्री कम्पनीले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन आयात र ढुवानीको प्रक्रिया तीव्र गतिमा अघि बढाइएको जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण ४, सोमबार ०३:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !