सघारामा आइतबार निःशुल्क स्वास्थ्य शिविर

सघारामा आइतबार निःशुल्क स्वास्थ्य शिविर
सुरेश ठाकुर सुरेश ठाकुर २०८३ असार १३, शनिबार १९:०३
सघारामा आइतबार निःशुल्क स्वास्थ्य शिविर

जनकपुरधाम ः धनुषाको कमला नगरपालिका–४ सघारा चौकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

आइतबार (भोली) मधेश न्युज नेटर्वकको आयोजना र सुर्या ड्रामा एण्ड कस्मेटिक क्लिनिकको सहकार्यमा स्वास्थ्य शिविर हुन लागेको हो ।

ADVERTISEMENT

शिविरमा छाला, कपाल, यौन तथा कुष्ठ रोग सम्बन्धी सम्पूर्ण जाँच निःशुल्क गरिने मधेश न्युज नेटर्वकका अध्यक्ष मनोज कुमार मोरबैताले जानकारी दिए । उनका अनुसार सघारा चौकस्थित आश्रय स्थलको नवनिर्मित भवनमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म शिविर सञ्चालन हुने छन् ।

शिविरमा वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा. जितेन्द्र यादव (एमडी) र उनको टिमले जाँचसहित परार्मश दिने छन् । शिविरमा छाला, कपाल, नङ, यौन तथा कुष्ठ रोगसम्बन्धी समस्या भएका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण तथा विशेषज्ञबाट परामर्श दिइने छन् ।

अध्यक्ष मोरबैताले ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकको पहुँच अझै सीमित रहेकाले नागरिकलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताए।

यस क्षेत्रका विपन्न तथा गरिव नागरिक आर्थिक अभावमा रोग सह्दै बस्ने बाध्यतालाई चिर्न गाउँमै पुगेर सेवा दिन लागिएको छ । विगतमा यस क्षेत्रका धेरै नागरिक आर्थिक अवस्थाका कारण र विशेषज्ञ चिकित्सकको अभावले गर्दा उपचारबाट वञ्चित भइरहेका थिए । यस्ता नागरिकलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । यसले यस क्षेत्रका बहुसंख्यक नागरिक लाभ लिने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति: २०८३ असार १३, शनिबार १९:०३
सुरेश ठाकुर

सुरेश ठाकुर

लेखक


तपाईको प्रतिक्रिया !