मिथिला पाठशालाका अध्यक्ष हेमा यादवमाथि पनि मुद्दा दर्ता, विद्यालयको भूमिकामाथि समेत प्रश्न!

मिथिला पाठशालाका अध्यक्ष हेमा यादवमाथि पनि मुद्दा दर्ता, विद्यालयको भूमिकामाथि समेत प्रश्न!
मधेश पत्र मधेश पत्र २०८३ बैशाख २९, मंगलवार २२:२८
मिथिला पाठशालाका अध्यक्ष हेमा यादवमाथि पनि मुद्दा दर्ता, विद्यालयको भूमिकामाथि समेत प्रश्न!

सिराहा — औरही गाउँपालिकामा निजी जग्गामा जबरजस्ती सडक निर्माण गर्ने क्रममा स्थानीयलाई रुखमा बाँधेर अमानवीय व्यवहार सहित कुटपिट गरिएको घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ।

घटनामा संलग्न रहेको आरोप लागेका वडा अध्यक्ष जीवछ यादव सहितको टोलीमा निजी विद्यालय मिथिला पाठशालाका सञ्चालक समिति अध्यक्ष तथा सेयर होल्डर हेमा यादव समेत सहभागी रहेको बुझिएको छ। यसरी निजी विद्यालयका सञ्चालक जस्तो व्यक्तिहरू यसतो जघन्य अपराधिक घटनामा संलग्न भएको तथ्य बाहिरिए पछि चर्चाको विषय बनेको छ।

ADVERTISEMENT

यस्ता व्यक्तिहरूले विद्यालयका बालबालिकाहरूलाई कस्ता किसिमको शिक्षा प्रदान गर्दै होला भने बारेमा एक अभिभावक चिन्ता व्यक्त गर्नुभयो। यो घटनामा संलगन रहेको बुझिए पछि वडा अध्यक्ष यादव सँगै हेमा यादव र अन्य ३ गरी जम्म ५ जना माथि मुद्दा दर्ता गरिएको पीडित पक्षले जनाएको छ।

पीडितका अनुसार घटना सार्वजनिक भएपछि वडा अध्यक्ष जीवछ यादवलाई दिनभर मिथिला पाठशालाको भवनमा लुकाएर राखिएको थियो। साथै हेमा यादव स्वयं पनि घटनास्थलमा उपस्थित रही विवादित सडक निर्माण र स्थानीयमाथिको दुव्र्यवहारमा प्रत्यक्ष संलग्न रहेको आरोप लगाइएको छ। स्थानीयले सार्वजनिक पद र शैक्षिक संस्थाको आडमा कानुनमाथि ठाडो चुनौती दिने काम भएको भन्दै दोषीमाथि निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग गरेका छन्।

उक्त घटनापछि जिल्लाभर विरोध चर्किएको छ भने मानवअधिकारकर्मी, राजनीतिक दल तथा स्थानीयवासीहरूले अमानवीय व्यवहारमा संलग्न सबै व्यक्तिमाथि कानुनी कारबाही गर्न प्रशासनसँग माग गरेका छन्।

प्रकाशित मिति: २०८३ बैशाख २९, मंगलवार २२:२८
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !